धनगढीका पुरन बैतडीमा मृत फेला

  शुक्रबार ०७, बैशाख २०८१ ०७:३८

बैतडी । बैतडीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१ हनुमान टोलका ४५ वर्षीय पुरन धोबी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन्। 

उनि सुर्नया गाउँपालिका–८ ढोलेस्थित ढोल्यामोड सडक खण्डमा मजदुरी गर्ने डेरा गरी बस्दै आएका थिए 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

clock शुक्रबार ०७, बैशाख २०८१ ०७:३८

प्रतिक्रिया