कञ्चनपुरमा २० जनाको गहुँबालीमा आगलागी

  बिहिबार ०६, बैशाख २०८१ १७:३६

कञ्चनपुर । कञ्चनपुरमा गहुँबालीमा बिहीवार आगलागी भएको छ। जिल्लाको दोधरा चाँदनी नगरपालिका ७  का विरबहादुर सुनार सहित २० जनाको गहुँबालीमा आगलागी भएको हो। 

दिउँसो करिब एक बजेतिर लागेको आगो २ः ३० मा नियन्त्रण लिइएको हो। आगलागीबाट करिब आठ विघामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।

विधुतको तार सर्ट हुदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए। घटनाको पुर्ण विवरण आएको छैन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
 

clock बिहिबार ०६, बैशाख २०८१ १७:३६

प्रतिक्रिया