कैलालीको अत्तरियामा कोहिनुर दोहरी साँझ सन्चालनमा.....

  बुधबार ०५, बैशाख २०८१ १७:०४

अत्तरिया । कैलालीको अत्तरियामा कोहिनुर दोहरी साँझ सन्चालनमा आएको छ । अत्तरिया चोकको पश्चिम रोडमा उक्त दोहरी साँझ अत्याधुनिक सजावट सहित सन्चालनमा आएको हो । स्थानीय युबा हरिश बमले उक्त दोहोरी साँझ संचालनमा ल्याएका हुन् ।

बुधबार एक कार्यक्रमका बिच दोहोरी साँझको सन्चालकका जेठा दाइ प्रेम बम, लोकप्रिय गायक चक्र बम, गायक लाल बहादुर धामी अछामी बड्डो, गोदावरी  होटेल ब्यबसायी संघका अध्यक्ष लक्ष्मण धामी र अत्तरिया उधोग बाणिज्य संघका महासचिब शंकर खड्काले संयुक्त रूपमा उदघाटन गरे ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । सहभागी प्रतिनिधिहरुले दोहोरी साँझको प्रगतीको शुभकामना दिए । दोहरीले यस क्षेत्रमा स्वस्थ मनोरञ्जन दिने सन्चालक बमले बताए ।

कार्यक्रममा गायक सौगात ओझा, सुरेश कौशल, लाल बहादुर धामी लगाएतले प्रस्तुती समेत राखेका थिए । कार्यक्रमको सन्चालन चर्चित उदघोषक केपी कलौनीले गरेका थिए । 

clock बुधबार ०५, बैशाख २०८१ १७:०४

प्रतिक्रिया