बैतडीमा आफ्नै भतिजीमाथि बलात्कारपछि हत्या गरेको आरोपमा काका पक्राउ

  मङ्गलबार ०४, बैशाख २०८१ १५:१०

बैतडी । बैतडीमा बलात्कार पछि हत्या आरोपमा काका पक्राउ परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिकामा आफ्नै भतिजी माथि बलात्कार गरेर हत्या गरेको आरोपमा ३० वर्षका युवक पक्राउ परेका हुन् ।

१७ वर्षिया किशोरी माथि बलात्कार पछि हत्या गरेको आरोपमा युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केशीले जानकारी दिए । मृतकको बुवाबाट हाडनाता करणी र कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी परेछि सोमबार प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको टोलीले पुर्चौडीबाट ती युवकलाई नियन्त्रण लिएको उनले बताए।

पुर्चौडी नगरपालिका वडा नं ४ रातामाटाकी किशोरी चैत्र २८ गते जंगलमा मृत फेला परेकी थिइन्। तीन देखि देखि बेपत्ता किशोरी मृत फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।

अनुसन्धानबाट काका नाता पर्ने ती युवकले ललाई फकाइ धाकधम्की दिएर पटकपट बलात्कार पछि किशोरी गर्भवती भएकी खुलेको छ। डडेल्धुरा अस्पतालमा गरिएको पोष्टमार्टमा किशोरीको पेटमा १८ हप्ताको गर्भ फेला परेको प्रहरीले जनाएको छ ।

गर्भपतन गर्न नमानेपछी जंगलमा लगेर हत्या गरेको खुलेको छ। पुर्चौडी स्वास्थ्य चौकीमा गर्भपतन गराउने प्रयास असफल भएपछि काकाले ढुंगलाले टाउकोमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता केसीले बताए । 

मृतक किशोरीको गत वर्ष मात्रै बिहेको भएको थियो। उनका श्रीमान रोजगारीको सिलसिलामा भारतमा थिए। अभियुक्त माथी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

clock मङ्गलबार ०४, बैशाख २०८१ १५:१०

प्रतिक्रिया