आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै

  मङ्गलबार ०४, बैशाख २०८१ ०७:३८

काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात चैतेदशैँ। शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ।

चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्।

वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन । यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ ।

चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने चलन रहेको छ ।

clock मङ्गलबार ०४, बैशाख २०८१ ०७:३८

प्रतिक्रिया