प्रहरीका चार डीआइजी एआइजी बढुवाका लागि सिफारिस

  मङ्गलबार ०४, बैशाख २०८१ ०७:३६

काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक डिआइजी प्रहरी महानिरीक्षक (एआजी) मा बढुवाका लागि सिफारिस भएका छन।

जनपद प्रहरीको समूह तर्फका दुई जना भीम प्रसाद ढकाल र उमेशराज जोशी एआइजीमा बढुवा भएका हुन ।

त्यस्तै प्राविधिक समूह अन्तरगत इन्जिनियरिङ उपसमूहका नबिन्द्र अर्याल र प्राविधिक समूहकै केनाइल उसमूहका तर्फका डाक्टर देउती गुरुङलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरीको बढुवा समितिले जनाएको छ ।

clock मङ्गलबार ०४, बैशाख २०८१ ०७:३६

प्रतिक्रिया