पेट्रोलियम पदार्थको मूल्य तीन रुपैँयाले वृद्धि

  मङ्गलबार ०४, बैशाख २०८१ ०७:३३

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो। 

निगमले सोमवार साँझ एक विज्ञप्ति जारी गरी इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य क्रमशः २.९६ र ३.४६ ले बढेर आएको र निगम सञ्चालक समितिको बैठकले राति १ बजेदेखि लागू हुनेगरी मूल्यवृद्धि गरिएको जानकारी दिएको छ।

योसँगै पेट्रोलको नयाँ मूल्य १७८ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको नयाँ मूल्य १६१ रुपैयाँ कायम भएको छ। 

111

clock मङ्गलबार ०४, बैशाख २०८१ ०७:३३

प्रतिक्रिया