आगलागीमा परि अछाममा दुई जना बालबालिकाको ज्यान गयो

  सोमबार ०३, बैशाख २०८१ १२:३८

अछाम । अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको ज्यान गएको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ६ को षोडशामा आगलागी हुँदा दुई जना बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

खम्व बोहराको आठ वर्षीया छोरी भावना र गोपाल बोहराको छ वर्षीय छोरा गोपालको आगलागीमा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

खरले छाएको कच्ची छानामा बिहान अचानक सल्केको आगोले स्याउलासमेत जलेपछि त्यही आगोमा परि उनीहरूको ज्यान गएको हो ।

clock सोमबार ०३, बैशाख २०८१ १२:३८

प्रतिक्रिया