मोटरसाइकलको ठक्करबाट घाइते भएका चौधरीको मृत्यु

  सोमबार ०३, बैशाख २०८१ ०५:५८

धनगढी । मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना पुरुषको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट घाइते भएका गोदावरी नगरपालिका–५ का ४५ वर्षीय कैलाश चौधरीको आइतवार दिउँसो मृत्यु भएको छ।

शनिवार ठक्करबाट गम्भीर घाइते भएका उनको आज मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। पैदल हिँडीरहेका चौधरीलाई धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँमा से ५ प ३७६३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

clock सोमबार ०३, बैशाख २०८१ ०५:५८

प्रतिक्रिया