आज देशका यी स्थानमा वर्षाको सम्भावना

  आइतबार ०२, बैशाख २०८१ ०६:२२

काठमाडौं । आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै र बाँकी  पहाडी भूभागको एक/दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी र  कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र  कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

clock आइतबार ०२, बैशाख २०८१ ०६:२२

प्रतिक्रिया