बाजुरामा नयाँ वर्षको पहिलै दिन जिप दुर्घटना

  शनिबार ०१, बैशाख २०८१ २१:१२

बाजुरा । बाजुरामा जिप दुर्घटना भएको छ। आज (शनिबार) दिउँसो खप्तड छेडेदह गाउँपालिका क्षेत्रमा जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिप कुमार गिरीका अनुसार कमल धामीले चलाएको खप्तड छेडेदहको साफेबगरबाट काडातर्फ गैरहेको सुपप्र ००१ ज ००११ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिप सडकबाट अनियंत्रित भएर १० मिटर तल खसेको बताइएको छ। जिपमा ३ जना सवार थिए। उनीहरूमध्ये एक जना सामान्य घाइते भएका छन्।

clock शनिबार ०१, बैशाख २०८१ २१:१२

प्रतिक्रिया