कैलालीको धनगढीमा बिजी इन्फोटेकले शुरु गर्‍यो आफ्नो सेवाहरु

  शनिबार ०१, बैशाख २०८१ १६:२३

धनगढी । कैलालीको धनगढीमा बिजी इन्फोटेकले आफ्नो सेवा शुरु गरेको छ । शनिबार नयाँ बर्षको अबसर पारेर उक्त संस्थाको शभारम्भ गरिएको हो । शिक्षाबिद डा हेमराज पन्तले उक्त कम्पनीको रिबन काटेर उदघाटन गरे ।

धनगढीको तारानगरमा ३० लाखको लगानीमा संस्था सन्चालनमा आएको हो । आइटी इन्जिनियर सन्देश बोगटी र  मिन बोगटीले उक्त संस्था सन्चालनमा ल्याएका हुन् । BG Infotechs of web devlopment, App development, Digital marketing, Web hosting, Social media हम्ब्लिङ र  It training आदि विषयमा काम गर्ने छ ।  

Manually भईरहेका कार्यहरूलाई अब  Digitalization प्रविधिबाट गर्ने कम्पनीका सन्चालक  सन्देश बोगटीले बताए  ।   IT sector मा सुदुरपश्चिममा रहेर अब प्रभावकारी ढङ्‌गले काम गर्ने कम्पनीको दाबी रहेको छ ।

उदघाटन कार्यक्रममा नेपाली  कांग्रेस कैलालीका जील्ला सचिव निर्प सुनार, गोदावरी - १० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डू), कांग्रेस गोदावरीका पूर्व नगर सभापती हेमप्रकाश उप्रेती, कांग्रेसका पूर्व क्षेत्रिय सचिब लोकराज पाण्डे "आगो", कांग्रेस नेता सुरत कार्की, कमल कडायत, बिक्रम खड्का, अत्तरिया उधोग बाणिज्य संघका महासचिब शंकर खड्का, कोषाध्यक्ष हेम भण्डारी, सदस्यहरु ज्ञानेन्द्र खड्का, बमबहादुर बोगटी लगायतको उपस्थिति रहेको थियो । 

 

clock शनिबार ०१, बैशाख २०८१ १६:२३

प्रतिक्रिया