रानीजमराबाट उत्पादित विद्युतको खरिद सम्झौता भएन

  शनिबार ०१, बैशाख २०८१ १५:३५

टीकापुर । राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कैलालीको कटाक्षेमा निर्मित विद्युतगृहबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

आयोजनाले जानकी गाउँपालिका—९ स्थित कटासेमा निर्माण गरेको विद्युतगृहबाट उत्पादित ४ दशमलव ७१ मेगाबाट उत्पादन सुरु गरेको छ। पावर हाउसबाट माघ १७ गते उत्पादित विद्युत लम्कीस्थित प्रसारण केन्द्रबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। पूर्वी कैलालीमा बाह्रैमहिना सिँचाइ सुविधा पुगाउने उद्देश्यले सुरु गरिएको आयोजनाले पाँच वर्षदेखि विद्युत उत्पादनको काम सुरु गरेको थियो।

माघ महिनादेखि नियमित विद्युत उत्पादन गर्दै राष्ट्रिय प्रसारण लाइनमा जडान गरिए पनि विद्युत प्राधिकरणसँग खरिद सम्झौता हुन नसकेको आयोजनाका इन्जिनियर वीरसिंह धामीले बताए। विद्युत् उत्पादन पुसमा परीक्षण गरेर माघ महिनाबाटै नियमित भइरहेको छ। विद्युत् उत्पादनको जिम्मेवारीमा रहेका इन्जिनियर धामीका अनुसार हालसम्म विद्युत खरिदबारे सम्झौता हुन नसकेपछि अन्योल छ।

कर्णाली नदीको चिसापानीबाट मुख्य इन्टेकमार्फत रानी जमरा कुलरिया सिँचाइ आयोजनामा बग्ने नहरबाट विद्युत् उत्पादन हुने हुँदा एकनासको विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ। पश्चिम नेपालमा लमहीयता कटाक्षेस्थित एकमात्रै पावर हाउस हो। सिँचाइको नहरबाट विद्युत् उत्पादन हुने हुनाले एकनास नियमित विद्युत् उत्पादन हुने इन्जिनियर धामीले बताए।

clock शनिबार ०१, बैशाख २०८१ १५:३५

प्रतिक्रिया