धनगढीका प्यारेलाल लागूऔषधसहित पक्राउ

  शनिबार ०१, बैशाख २०८१ १२:०८

धनगढी । धनगढीका प्यारेलाल राना लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–८ राधास्वामी नजिकबाट ६०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाँउ बस्ने २८ वर्षीय  राना शुक्रवार दिउँसो पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित रानालाई फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

clock शनिबार ०१, बैशाख २०८१ १२:०८

प्रतिक्रिया