धनगढीको क्याम्पस चोकदेखि जनआवाज चोकसम्म स्ट्रीपलाइट जडान

  शनिबार ०१, बैशाख २०८१ ०९:१५

धनगढी । धनगढीको क्याम्पस चोकदेखि हुलाकी सडकको जनआवाज चोकसम्म स्ट्रीपलाइट जडान गरिएको छ। शुक्रवार एक स्ट्रीपलाइटको उद्घाटन गरिएको छ। नगर उपप्रमुख कन्दकलाकुमारी रानाले स्ट्रीपलाइटको उद्घाटन गरेकी हुन्।

स्ट्रीपलाइटको उद्घाटन गर्दै उपप्रमुख रानाले धनगढीमा सडक निर्माण, लाइट जडान र सडक क्षेत्रको सौन्दर्यीकरण गर्न उपमहानगरले काम गरिरहेको बताएकी छन्। उनले सडक सुरक्षा र सुन्दरतालाई ध्यानमा राखेर लाइट जडान गरिएको र निर्माणाधीन सडकहरूमा समेत क्रमशः बत्ती जडान गरिने बताइन्। 

“उज्यालो र हरियाली धनगढी बनाउन उपमहानगर काम गरिरहेको छ। सडक सुरक्षा र सुन्दरता प्रवर्द्धन गर्न काम भइरहेको छ। यसमा सबैले साथ दिन आवश्यक छ,“ उपप्रमुख रानाले भनिन्।

हुलाकी सडको २२ वटा पोलमा स्ट्रीपलाइट जडान गरिएको हो। आन्तरिक स्रोतबाट २ लाख ९८ हजारको लागतमा  २२ वटा पोलमा स्ट्रीप लाइट जडान गरिएको विद्युत शाखा प्रमुख इन्जिनियर किसन शाहले बताए।

clock शनिबार ०१, बैशाख २०८१ ०९:१५

प्रतिक्रिया