बाजुरामा भूकम्पको धक्का

  शुक्रबार ३०, चैत २०८० ०८:३४

बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३:५३ बजे ३.७  रेक्टर स्केलको भूकम्प गएको हो।

सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो। केही समययता बाजुरामा भूकम्प गइरहेको छ। 

clock शुक्रबार ३०, चैत २०८० ०८:३४

प्रतिक्रिया