नयाँ बर्षको पुर्वसन्ध्यामा फिस रिसोर्टमा सांस्कृतिक कार्यक्रम हुने

  बिहिबार २९, चैत २०८० २०:४६

धनगढी । धनगढीको बडहरामा रहेको न्यु एडभेन्चर फिस रिसोर्ट एण्ड पार्कमा नयाँ बर्षको पुर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । 

बिभिन्न राट्रिय कलाकारका साथमा नयाँ बर्ष २०८१ को पुर्वसन्ध्यामा विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएको हो । 

साँझ साढे ६ बजेदेखि सांस्कृतिक कार्यक्रमहरु सुरु हुने फिस रिसोर्टका सन्चालक गोबिन्द भण्डारीले जानकारी दीए । 

उनका अनुसार लाइभ म्यूजिक, डान्स, कमेडीका साथ नयाँ बर्षलाई स्वागत गरीने छ । 

फिस रिसोर्टमा वाटर साइकलिङ, बोटिङ, तालमाथी जिपलाइन्, वाटर वल लगायत मनोरन्जनका लागी थुप्रै सेवाहरु रहेका छन् । 

 

clock बिहिबार २९, चैत २०८० २०:४६

प्रतिक्रिया