किसान सहकारीले गर्यो  दुई  जना सेयर सदस्यको ऋण मिनाह

  बिहिबार २९, चैत २०८० १७:४५

धनगढी । किसान बहुउद्देश्यीय  सहकारी संस्थाले  दुई जना  सेयर सदस्यको ऋण मिनाह गरेको छ । सहकारीको फूलवारी शाखाले  धनगढी-१८का दुई जना सेयर सदस्यको ऋण मिनाह गरेको हो । 

बिहिवार  सुबिधा बितरण तथा श्रद्धाञ्जली  सभाको आयोजना गर्दै ऋण मिनाह गरेको हो । सेयर सदस्य  धनगढी १८की सरिता पौडेल क्षेत्री र अम्भी कमिनीका श्रीमानको मृत्यु भएपछि उनीहरुको ऋण मिनाह गरेको हो ।

सहकारीले कमिनीको दुईलाख नौ हजार  एक सय ७८ र क्षेत्रीको २३ हजार ऋण मिनाह गरिएको हो ।ऋण मिनाह गरेपछि  सेयर सदस्यहरुले खुसि ब्याक्त गर्दै सहकारीलाई धन्यवाद दिए ।

ऋणी वा ऋणीका अविभावकको मृत्यु भएमा सहकारीले ऋण मिनाह गर्दै आएको सहकारीकी फूलवारी शाखा प्रमुख दिलमाया थापाले जानकारी दिए ।

केन्द्रीय  कार्यालय लम्की चुहा १ लम्कीमा  रहेको सहकारीका  सुदूरपश्चिम  र  लुम्बिनी  प्रदेशमा ४१ शाखाबाट आफ्नो करोवार गर्दै अएको थापाले बताए।
 
सहकारीकी फूलवारी शाखा प्रमुख  दिलमाया थापाको अध्यक्षतामा भएको सुबिधा वितरण कार्यक्रममा स्थानीय  जनप्रतिनिधि , संचारकर्मी , समाजसेबी  र सहकारीका सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

clock बिहिबार २९, चैत २०८० १७:४५

प्रतिक्रिया