सौराई स्क्वायरमा ‘न्यु ईयर ईभ आयोजना हुदै, प्रताप दास आउने

  बिहिबार २९, चैत २०८० १५:१४

धनगढी । नयाँ वर्षका अवसर पारे, वर्षको अन्तिम दिन अथवा चैत ३० गते धनगढीको उत्तरबेहडीमा रहेको सौराई स्क्वायरमा ‘न्यु ईयर ईभ २०८१’ को आयोजना हुने भएको छ । नयाँवर्षको स्वागत र पुरानो वर्षको विदाई कार्यक्रम मनाउन ‘न्यु ईयर ईभ २०८१’ को आयोजना गरिएको हो ।

स्क्वायरका सञ्चालक उमेश विक्रम शाहले दिएको जानकारी अनुसार ३० गते बेलुकी ६ बजेदेखि राष्ट्रिय कलाकार प्रताप दास सहितका कलाकारहरुको प्रस्तुती सहितका विभिन्न सांगितिक कार्यक्रमहरु हुनेछन ।

कार्यक्रममा ‘डीजे ड्रीप्स’को बेजोड प्रस्तुती रहने बताईएको छ भने द भ्वाईस अफ नेपालमा गाईसक्नु भएकी गायीका लक्ष्मी राना सहितका स्थानीय गायकहरुको पनि प्रस्तुती रहनेछ । सौराई स्क्वायरले हरेक चाडपर्व अनुसार विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

clock बिहिबार २९, चैत २०८० १५:१४

प्रतिक्रिया