आज केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्का वर्षाको सम्भावना

  बिहिबार २९, चैत २०८० ०९:००

काठमाण्डौ । आज लुम्बिनी, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही ठाउँहरुमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । 

देशका पहाडी ठाउँमा हल्का वर्षा भए पनि भारी वर्षाको सम्भावना भने नरहको मौसमविद् रोजन लामिछानेले जानकारी दिए।

त्यस्तै आज  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली केही  ठाउँमा हल्का हिमपातको सम्भावना पनि छ । 

clock बिहिबार २९, चैत २०८० ०९:००

प्रतिक्रिया