ओम्स नेपाल सुदुरपश्चिमको भित्तेपात्रो बिमोचन

  बुधबार २८, चैत २०८० १८:२०

धनगढी । बजार ब्यवस्थापन तथा बिक्रि कर्मचारी सघं ९ओम्स नेपाल० सुदुरपश्चिम प्रदेश कमिटिको भित्तेपात्रो बिमोचन गरिएको छ । नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो आज एक कार्यक्रमका बिच बिमोचन गरिएको हो । 

नयाँ बर्षको सुभकामना आदानप्रदान सहित संघले भित्तेपात्रो बिमोचन गरेको हो । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) सुदुरपश्चिमका अध्यक्ष जित बहादुर मल्ल, ओम्स नेपालका केन्द्रिय अध्यक्ष डम्मर ठकुल्ला, जिफन्ट प्रदेश उपाध्यक्ष ठक्कर बिष्ट, जिफन्ट सचिव चन्द्र प्रकास गैरे लगायतले भित्तेपात्रो बिमोचन गरेका हुन् ।

ओम्स नेपाल सुदुरपश्चिम प्रदेशका अध्यक्ष जयराज मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा ओम्स नेपालका केन्द्रिय उप महासचिव जनक ढकाल, अटो मेकानिक्ट केन्द्रिय सदस्य बिस्णु अधिकारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदुरपश्चिम अध्यक्ष ललित चन्द ओम्स नेपालका पदाधिकारी तथा सदस्यहरु, एवं जिफन्ट घटक युनियनमा आबद्ध बिभिन्न सगंठनका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । 

भित्तेपात्रो बिमोचन कार्यक्रमकै अवशरमा पात्रो निकाल्न सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । यस्तै ओम्स नेपालका सदस्यहरु तथा सल्लाहकारहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो ।

clock बुधबार २८, चैत २०८० १८:२०

प्रतिक्रिया