कञ्चनपुरमा सशस्त्रका पूर्व वरिष्ठ हवल्दार मृत फेला

  बुधबार २८, चैत २०८० ०८:००

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालका पूर्व कर्मचारी मृत अवस्थामा फेला परेका छन्। मंगलवार सशस्त्रका पूर्व प्रहरी वरिष्ठ हवल्दार गणेश भाट मृत फेला परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार वेदकोट नगरपालिका–४ का भाट घरमै मृत अवस्थामा भेटिएका थिए।

सशस्त्रबाट रिटार्यड भएका उनी केही समय अगाडिदेखि उपचारका लागि भारतमा थिए। हालै भारतबाट फर्किएका उनी मंगलवार मृत फेला परेका हुन्। प्रहरीले घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ।

clock बुधबार २८, चैत २०८० ०८:००

प्रतिक्रिया