टीकापुरको सामुदायिक वनमा महिला मृत फेला

  बुधबार २८, चैत २०८० ०७:५८

धनगढी । कैलालीको टीकापुर स्थित एक सामुदायिक वनमा महिला मृत फेला परेकी छिन्।

टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ बस्ने ५० वर्षीया जसुता बटाला मृत फेला परेकी हुन्। 

सोही नगरपालिका–२ स्थित खोटेना भुरा खानी सामुदायिक वनमा बटाला मंगलवार मृत अवस्थामा फेला परेकी इलालका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

clock बुधबार २८, चैत २०८० ०७:५८

प्रतिक्रिया