कैलालीको घोडाघोडीमा दिदीबहिनी एकै ठाउमा मृत फेला

  मङ्गलबार २७, चैत २०८० १२:१२

धनगढी । कैलालीमा दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् ।

घोडाघोडी नगरपालिका १० कने थेवरमन  कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।

मृत भेटिनेमा २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया ईन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएको एसपी बिष्टले बताए ।

दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिएपनि कारण पत्ता लागेको छैन् । प्रारभ्मिक अनुसन्धानका क्रममा जेठो छोरी केही वर्षदेखि मुटु रोग र कान्छी छोरी डिप्रेशनको औषध खाइरहेको बुझिएको एसपी बिष्टले बताए ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

clock मङ्गलबार २७, चैत २०८० १२:१२

प्रतिक्रिया