डडेल्धुराको सहकारीमा ११ लाख चोरी, सिसि क्यामेरा पनि चोरले लगे

  सोमबार २६, चैत २०८० १७:५६

डडेल्धुरा । डडेल्धुराको एक सहकारीमा चोरी भएको छ।जिल्लाको परशुराम नगरपालिका–४ कटालमा रहेको शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार रुपैयाँ चोरी भएको हो।

शुक्रबारदेखि सहकारी कार्यालय बन्द रहेको थियो। आइतवार बिहान कार्यालय खोल्दा मात्रै उक्त घटना भएको थाहा पाएपछि सहकारीले प्रहरीलाई जानकारी गरेको थियो।

झ्याल फोडेर चोरी भएको बताइएको छ। चोरीमा संलग्नले सिसिटिभि क्यामेराको रेकर्ड डिभाइस पनि लगेर गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक बिरबहादुर थापाले बताए।

clock सोमबार २६, चैत २०८० १७:५६

प्रतिक्रिया