धनगढीमा ६ लाखको अवैध “भाईब्रेट” कण्डमसहित युवक पक्राउ

  सोमबार २६, चैत २०८० ०९:२४

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा झण्डै साढे ६ लाख बराबरको अवैध कण्डमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका-१ को शिवनगरबाट १४ कार्टुन भाईब्रेट कण्डमसहित २५ वर्षीय पंकज चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र बोहराले जानकारी दिए ।

उनकाअनुसार चन्द सुत्ने कोठामा लुकाइछिपाइ राखेको अवस्थामा विशेष सूचनाका आधारमा कण्डम बरामद गरिएको थियो ।

बरामद गरिएको कण्डम र चन्दलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरको जिम्मा लगाइएको छ ।

चिनबाट आयात हुने उक्त कण्डम कैलाली हुँदै भारततर्फ सप्लाई हुने गरेको प्रहरीको भनाइ छ ।

clock सोमबार २६, चैत २०८० ०९:२४

प्रतिक्रिया