कैलालीबाट भन्सार छलीका सामानसहित कञ्चनपुरको एक जना पक्राउ

  सोमबार २६, चैत २०८० ०९:१२

धनगढी । कैलालीबाट भन्सार छलीका सामानसहित कञ्चनपुरको एक जना पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका–३ चुट्किबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ३ लाख ३८ हजार मूल्यको मोबाईलका टेम्पर ग्लाससहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ बस्ने ४० वर्षीय रामसिंह ऐरी पक्राउ परेका हुन्।

ऐरीले चलाएको से १ ह २१३० नम्बरको अटोलाई आईतवार बिहान प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो। उक्त सामान र अटोसहित उनलाई कारवाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको बताएको छ।

clock सोमबार २६, चैत २०८० ०९:१२

प्रतिक्रिया