धनगढीमा सशस्त्र प्रहरीले फेरी बरामद गर्‍यो ८ लाख मूल्यको अबैध कपडा

  आइतबार २५, चैत २०८० २०:५६

धनगढी । कैलालीको धनगढीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अबैध कपडा बरामद गरेको छ। सशस्त्र प्रहरीले धनगढीबाट ८ लाख बढी मूल्यको कपडा बरामद गरेको हो। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलालीले धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी क्षेत्रबाट ८ लाख ७४ हजार मुल्यको अवैध कपडा बरामद गरेको हो।

धनगढी उप–महानगरपालिका–२, बैयावेहडी सिएलमार्ट स्थित प्यासेजमा धोती र कुर्ता सुरुवाल ६ वटा बोरामा प्याक गरि लुकाई राखेको अवस्थामा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेड क्वाटर कैलालीबाट सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ।

बरामद गरिएका कपडा कैलाली भन्सार कार्यालय त्रिनगर पठाएको सशस्त्र प्रहरी नायव उपरीक्षक साजेन्द्रप्रसाद श्रेष्ठले बताए। शुक्रवार मात्र सशस्त्र प्रहरीले आधा करोड बढीका अवैध कपडा बरामद गरेको थियो। सशस्त्र प्रहरी बल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी दलबहादुर पाण्डे आफैं खटिएर ५७ लाख बढी मूल्यका लत्ताकपडा बरामद गरेका थिए।

धनगढी उप–महानगरपालिका–४ स्थित उत्तरखेहडी इलाकाबाट ५७ लाख १८ हजार ५ सय रुपैयाँ बराबरका अवैध कपडा बरामद गरिएको थियो। धनगढी बसपार्कको उत्तरपट्टी उत्तरवेहडीस्थित जस्तापाताद्धारा निर्मित गोदाममा २३ वटा बोरामा प्याक गरी लुकाईछिपाई राखेको अवस्थामा कपडा बरामद गरिएको सशस्त्रले जनाएको छ।

clock आइतबार २५, चैत २०८० २०:५६

प्रतिक्रिया