सुदुरपश्चिममै पहिलो धनगढीको फिस रिसोर्टमा वाटर साइकल सेवा सञ्चालनमा

  आइतबार २५, चैत २०८० १८:३३

धनगढी । सुदुरपश्चिममै पहिलो वाटर साइकल सेवा धनगढीमा सञ्चालन भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बिशालनगरमा स्थित न्यु एडभेन्चर फिस रिसोर्ट एण्ड पार्कमा आजदेखी वाटर साइकलिङ सेवापनि शुरु भएको हो ।

बिगत लामो समयदेखी सञ्चालित रिसोर्ट नयाँ ब्यवस्थापन सहित पुन सञ्चालन भएपछि बिभिन्न सेवा थपिएका छन् । सोही अनुरुप सुदुरपश्चिममै पहिलो वाटर साइकलिङ सेवा शुरु भएको हो । रिसोर्टका म्यानेजर राम थापाका अनुसार सिंगल वाटर साइकलिङको ३ सय र कपल वाटर साइकलिङको ५ सय रुपयाँ शुल्क राखिएको छ ।

यसका साथै रिसोर्टमा बोटिङ, तालमाथी जिपलाइन्, वाटर वल लगायत मनोरन्जनका लागी थुप्रै सेवाहरु रहेको थापाले बताए । बच्चादेखी बृद्धसम्मलाई एउटै ठाउँमा मनोरन्जन दिने आयामका रुपमा रिपोर्ट सञ्चालन गरिएको उनले बताए । बोटिङको प्रतिब्यक्ती १ सय, जिप लाइनको २ सय र वाटर बलको ३ सय रुपयाँ शुल्क रहेको उनले बताए ।

वाटर साइकलिङको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले उद्घाटन गरेका हुन् । जोशीले साइकलिङ गर्दै उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै जोशीले वाटर साइकलिङले धनगढीमा आन्तरिक संगै बाह्य पर्यटक तान्न महत्वपुर्ण भुमिका खेल्ने बताए । यस संगै पर्यटकको रोजाइमा पर्ने थप सेवाहरु समेत बिस्तार गर्न उनले सुझाव दिए ।

सुदुरपश्चिममा अन्य कतै नभएको सेवा न्यु एडभेन्चर फिस रिसोर्ट एण्ड पार्कले दिइरहेको सञ्चालक करिना अन्सारीले बताइन् । यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुका लागी थुप्रै सेवा छन् उनले भनिन् “वातावरणका हिसाबले स्वच्छ, सफा ठाउँ भएकालेपनि पर्यटकहरुको रोजाई एडभेन्चर फिस रिसोर्ट एण्ड पार्क पर्ने छ, पर्यटकहरुले खोजेको सेवा हामीले ल्याएका छौँ, यसबाट धनगढीको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा लिएका छौँ ।”

हामीसंग मनोरन्जनका लागी मात्रै पार्क नभएर पारिवारिक वातावरण भएको रेस्टुरेन्टपनि छ उनले भनिन् “घुम्नका लागी मात्रै नभएर कुनै कार्यक्रम तथा पारिवारिक भेटघाटका लागीपनि उपर्युक्त ठाउँ भएका कारण सबैको रोजाईमा यो पार्क पर्ने छ ।”

clock आइतबार २५, चैत २०८० १८:३३

प्रतिक्रिया