कञ्चनपुरमा एकै दिन तीन घरमा आगलागी

  आइतबार २५, चैत २०८० १७:३९

कञ्चनपुर । कञ्चनपुरमा एकै दिन दुई घर र एक गोठमा आगलागी भएको छ।दोधारा चाँदनी नगरपालिका–१ पशुपती टोलका हिरा नाथको कच्ची घरको भान्सा कोठा र गोठमा आइतवार बिहान आगलागी भएको हो। 

आगलागीबाट उक्त भान्सा कोठा र गोठभित्र रहेका भाडावर्तन, लत्ताकपडा अन्नपात लगायतका सामान जलि अन्दाजी पाँच लाख बराबरको क्षती भएको छ। आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको हो।

यस्तै, कृष्णपुर नगरपालिका–४ किचाहीमा भागरथी बिष्टको काठले बनेको गाई गोठमा आज दिउँसो आगलागी भएको छ। आगलागीबाट गोठभित्र रहेको एउटा बाख्राको जलेर मृत्यु भएको छ भने अन्दाजी ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ। आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

यसैगरी, बेल्डाडी गाउँपालिका–२ चन्दनबस्तीका दले दमाईको १ तले कच्ची घरमा आगो सल्किन गई आगलागीबाट अन्दाजी ७० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ। आगलागीबाट मानविय तथा चौपाया क्षती भने केही नभएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुस्करराज पन्तले बताए। 

clock आइतबार २५, चैत २०८० १७:३९

प्रतिक्रिया