धनगढीको गौशालामा श्रीमद्भागवत महायज्ञ लाग्ने

  शनिबार २४, चैत २०८० ११:४८

धनगढी । धनगढी उपमहानगरपालिका–३ स्थित गौशालामा श्रीमद्भागवत महायज्ञ लाग्ने भएको छ।

गौसंरक्षण सेवा समितिले गौवंश सम्बद्र्धन कार्यक्रम अन्तर्गत महायज्ञ लगाउने भएको हो। महायज्ञ चैत २८ देखि बैशाख ४ गतेसम्म लाग्ने आयोजकले जनाएको छ।

महायज्ञमा आचार्य नारायण शरणले भागवत प्रवचन गर्ने छन् भने हिरालाल कँडेलले योग विज्ञान शिविरमा योग तथा बाल संस्कार कार्यक्रम सञ्चालन गर्नेछन्।

महायज्ञमा सहभागी भएर आध्यात्मिक लाभ लिन गौसंरक्षण सेवा समितिले आग्रह गरेको छ।

clock शनिबार २४, चैत २०८० ११:४८

प्रतिक्रिया