कैलालीको मोहन्याल गाउँपालिकाबाट पेस्तोलसहित २ जना पक्राउ

  शनिबार २४, चैत २०८० ०८:३६

धनगढी । कैलालीमा पेस्तोलसहित २ जना पक्राउ परेका छन्।शुक्रवार मोहन्याल गाउँपालिका–६ सोल्टा बजार बस्ने धनादेवी शाहीको घरबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टका अनुसार पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका– ७ कुईने बस्ने १८ वर्षीय विकास नेपाली र सुर्खेत पञ्चपुरी नगरपालिका–११ बस्ने १८  वर्षीय उपेन्द्र शाही रहेका छन्।

उनीहरू आफ्नी फूपू नाता पर्ने शाहीको घरमा पाहुना बसेका थिए। सोही समयमा उनीहरूले हतियार लुकाईछिपाई राखेको प्रहरीलाई सूचना प्राप्त भएको थियो।

त्यसपछि स्थानीय प्रहरीको टोलीले घर खानतलासी गर्दा १ ९एक० थान रिबल्बर ९पेस्तोल० जस्तो देखिने हतियार बरामद गरेको थियो। अहिले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

clock शनिबार २४, चैत २०८० ०८:३६

प्रतिक्रिया