धनगढीमा सशस्त्र प्रहरीले ५७ लाखको कपडा जफत गर्‍यो

  शुक्रबार २३, चैत २०८० २०:५९

धनगढी । कैलालीका धनगढीमा सशस्त्र प्रहरीले ५७ लाखभन्दा बढीको अबैध कपडा जफत गरेको छ।

धनगढी उप–महानगरपालिका–४ को उत्तर वेहडी इलाकाबाट सशस्त्र प्रहरीले ५७ लाख १८ हजार ५ सय मुल्यको अवैध कपडा बरामद गरेको हो।

धनगढी बसपार्कको उत्तरपट्टी उत्तरवेहडी स्थित जस्तापाताबाट निर्मित गोदाममा २३ वटा बोरामा प्याक गरि लुकाइ राखेको अवस्थामा कुर्ती सेट, टप्स, सारी र सुट पिस कपडा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो। बरामद गरिएका कपडा भन्सार कार्यालय त्रिनगर पठाइएको छ।

clock शुक्रबार २३, चैत २०८० २०:५९

प्रतिक्रिया