कैलाली स्थित रानीजमराको सिँचाई नहरमा महिलाको शव फेला

  बिहिबार २२, चैत २०८० १३:२९

धनगढी । कैलालीको लम्की स्थित रानीजमराको सिँचाई नहरमा महिलाको शव फेला परेको छ।

मृतक लम्कीको स्थानीय ५४ वर्षीया महिला खिमाकुमारी शाही रहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। 

उनको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।  

clock बिहिबार २२, चैत २०८० १३:२९

प्रतिक्रिया