धनगढीका २ जना एक लाख ६३ हजारसहित सीमा क्षेत्रबाट पक्राउ

  बिहिबार २२, चैत २०८० १३:२७

धनगढी । कैलालीको धनगढीका २ जना सीमा क्षेत्रबाट नगदसहित पक्राउ परेका छन्। बुधवार भारतीय जनपथ प्रहरीले एक लाख ६३ हजारसहित २ जनालाई पक्राउ गरेको हो। 

थाना सम्पूर्ण नगर, जनपथ खिरीले एक प्रेस विज्ञप्ती जारी गर्दै धनगढीका शुभशंकर सिंह र बाबु सिंहलाई नगदसहित पक्राउ गरिएको बताएको छ। भारतीय जनपथ प्रहरीले सीमा क्षेत्रबाट उनीहरुलाई एक लाख ४६ हजार २ सय ४० रुपैया नेपाली र १० हजार पाँच सय भारतीयसहित पक्राउ गरेको हो।

उनीहरुको साथमा रहेको रकम अवैध  देखिएकाले बरामद गरिएको भारतीय प्रहरीले बताएको छ। भारतको खजुरिया क्षेत्रबाट प्रहरीले नगदसहित नेपाली नागरिकलाई पक्राउ गरेको हो। एफएसटी र प्रहरीको संयुक्त टिमले घटनाको थप अनुसन्धान गरिरहेको जनपथ प्रहरी खिरीले बताएको छ।

clock बिहिबार २२, चैत २०८० १३:२७

प्रतिक्रिया