कैलारीमा उखु बोकेको ट्रकमा आगलागी

  बुधबार २१, चैत २०८० २१:०१

धनगढी । कैलालीमा उखु बोकेको ट्रकमा आगलागी भएको छ। जिल्लाको कैलारी गाउँपालिकाको हसुलियामा उखु बोकेको ट्रकमा बुधवार आगो लागेको हो। 

कञ्चनपुरबाट बर्दियाको राजापुर जाँदै गरेको ना ५ ख ४२६९ नम्बरको ट्रकमा आगलागि भएको प्रहरीले बताएको छ। विद्युतको तारमा ट्रकले छोएकाले आगो लागेको हो। 

स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्। ट्रकमा रहेको उखुमा क्षति भएको छ। ट्रकमा क्षति नभएको प्रहरीले बताएको छ।

clock बुधबार २१, चैत २०८० २१:०१

प्रतिक्रिया