आज यी दुई प्रदेशमा आज पानी पर्ने

  मङ्गलबार २०, चैत २०८० ०८:४८

काठमाडौं । दुई प्रदेशमा आज वर्षा हुने प्रक्षेपण गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले नियमित मौसमी बुलेटिन सार्वजनिक गर्दै मंगलबार दुई प्रदेशमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हिमपात हुने आकलन गरेको हो ।

महाशाखाका अनुसार, अहिले देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा दिउँसो हल्का हिमपातको आकलन गरिएको छ ।

रातिको समयमा कुनै पनि प्रदेशमा वर्षाको सम्भावना नभए पनि गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू९भागका एक–दुई स्थानमा हल्का हिमपात हुने मौसमविदको भनाइ छ ।

clock मङ्गलबार २०, चैत २०८० ०८:४८

प्रतिक्रिया