दार्चुलामा दुई किलो चरेस सहित राना र कुवँर पक्राउ

  सोमबार १९, चैत २०८० २१:५६

दार्चुला । दार्चुलामा ट्याक्टरबाट प्रहरीले दुई किलो सात सय ग्राम चरेस बरामद गरेको छ। जिल्लाको महाकाली नगरपालिका १ श्रीबगडबाट प्रहरीले चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार सुन्सेराबाट जिल्ला सदरमुकाम खलंगातर्फ आइरहेको सुपप्र ०२००१ त १३१० नम्बरको ट्याक्टरबाट चरेस बरामद गरिएको हो।

प्रहरीले ट्याक्टर चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका ३ हर्कलाल रानालाई पक्राउ गरेको जनाएको छ। 

यस्तै अर्का दार्चुलाको व्याँस गाउँपालिका वडा ४ सुन्सेरा बस्ने जयलाल सिह कुवरलाई समेत पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

clock सोमबार १९, चैत २०८० २१:५६

प्रतिक्रिया