अपि सैपाल क्याफेको भाग्यशाली उपहार चौधरीलाई

  सोमबार १९, चैत २०८० १६:४३

धनगढी। धनगढीमा रहेको अपि सैपाल थकाली खाना घर एण्ड क्याफेले दिने भाग्यशाली उपहार कपिलदेव चौधरीले जितेका छन्। थकाली खाना घरले यही चैत ९ गतेदेखि १६ गतेसम्म होलीको अवसरमा विशेष छुट्सहित खुला गरेको भाग्यशाली साइकल उपहार चौधरीले जितेका हुन्।

आइतबार अपी सैपाल थकाली खाना घर एण्ड क्याफेले होलीको अवसरमा ल्याएको १०० रूपैयाँको खानाको चिठ्ठा खोलेको हो। नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले चिठ्ठा तानेका थिए। होलीको अवसरमा थकाली खाना घरले चाइनिज,इन्डियन पेय पदार्थमा पाँच प्रतिशत छुट दिइएको थकाली खाना घर एण्ड क्याफेका सञ्चालक रामबहादुर बोहराले बताए। अन्य खानाहरूमा १० प्रतिशतसम्म छुट दिइएको उनले बताए।

होलीको अवसर पारेर ९ चैत देखि १६ चैतसम्मका लागि विशेष अफर तथा छुट योजना ल्याएको थियो। होलीको अवसरमा ४५८ जनाले १०० रूपैयाँको खाना खाएका थिए। खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिँडो पनि उपलब्ध रहेको छ। 

खाना घरमा मटन र लोकल चिकेन खाना २५० मा खुवाइन्छ भने थकाली खानाको मूल्य ४२०, कोदो र मकैको रोटी, चटनी, साग र मोहीको १७० रुपैयाँ छ। होटलमा बझाङको अर्गानिक मकै र कोदो अनि भाङको चटनी र मोही नास्ताको रूपमा उपलब्ध छ। केही महिना अघि मात्रै धनगढीमा थकाली खाना घर सञ्चालनमा आएको हो।

clock सोमबार १९, चैत २०८० १६:४३

प्रतिक्रिया