बझाङको मष्टा गाउँपालिकामा एकै दिन तीन घरमा आगलागी

  सोमबार १९, चैत २०८० १६:२५

बझाङ । बझाङमा एकै दिन तीन घरमा आगलागी भएको छ।

मष्टा गाउँपालिका –६ रिलुका जिते रोकाया, ईश्वर रोकाया र लोकेन्द्र रोकायाको घरमा आज (सोमवार) दिउँसो आगलागी भएको हो।

सङ्गै जोडिएका ३ तले पथ्थरले छाएका घरहरुमा आज दिउँसो साढे १२ बजेतिर अचानक आगलागी भएको प्रहरीले बताएको छ। 

स्थानिय र प्रहरीको सहयोगमा आगलागि नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

आगलागीबाट भएको क्षतिको पुर्ण विवरण आउन भने बाँकि रहेको प्रहरीले जानकारी दिएको छ।

clock सोमबार १९, चैत २०८० १६:२५

प्रतिक्रिया