सुदूरपश्चिममा ट्राफिकले सुरु गर्‍यो ‘किस्को मेसिन’

  सोमबार १९, चैत २०८० ०९:५६

धनगढी । सुदूरपश्चिममा पहिलोपटक जरिवानाको रकम सोझै ट्राफिक प्रहरीको बैंक खातामा संकलन हुने मेसिन जडान भएको छ । किस्को मेसिन अर्थात सवारीसाधनबाट संकलित विभिन्न शिर्षकको रकम सोझै बैंक खातामा जम्मा हुने प्रणाली सञ्चालनमा ल्याएको छ ।

आइतबार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजिवबहादुर बस्नेतले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा उक्त मेसिनको उद्घाटन गरेका छन् । मेसिनले सेवाग्राहीले ट्राफिकको फाइन तिर्न अब बैंक धाउने बाध्याताका अन्य गराउने वस्नेतले बताए ।

यस्तै ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता अनिल कुमार उप्रेतीले मेसिन काठमाडौ उपत्यका बाहिर सुदूरपश्चिमका ७ ठाउमा पहिलो पटक राखिएको बताए ।

उनकाअनुसार मेसिनले बैंकमा पैसा जम्मा गर्ने, रिचार्ज गर्ने जस्ता सवा प्रवाह गर्ने छ । यो मेसिन कैलाली र कञ्चनपुरका सात स्थानमा सञ्चालन गरिएपनि चाडै पहाडी जिल्लामा समेत विस्तार गर्ने योजना रहेको प्रहरीले जनाएको छ ।

clock सोमबार १९, चैत २०८० ०९:५६

प्रतिक्रिया