अब धनगढीमा भाषा सिक्ने, धनगढीमै परीक्षा दिएर जापान जाने

  आइतबार १८, चैत २०८० १४:४२

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाटै अध्ययनका लागि जापान पठाउन थालिएको छ ।

धनगढी उपमहानगरपालिका ३ को चकटपुरस्थित सहिद गेटमा रहेको बिरकौशल्या कन्सलटेन्सीले सुलभ मूल्यमा जापनिज भाषा पढाएर जापान पठाइरहेको हो ।

विगत डेढ वर्षदेखि भाषा पढाइरहेको बिरकौशल्याले धनगढीमै भाषा परीक्षा समेत गर्दै आएको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक विज्ञान सिंहले बताए ।

उनकाअनुसार अहिलेसम्म कम्तिमा पनि ७५ जनालाई भाषा सिकाएर जापान पठाइसकिएको छ ।

clock आइतबार १८, चैत २०८० १४:४२

प्रतिक्रिया