बझाङकी महेश्वरी धनगढीमा मृत फेला

  आइतबार १८, चैत २०८० ०८:११

धनगढी। धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।  शनिबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मा २१ वर्षीया महेश्वरी गिरी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

बझाङ स्थायी घर भएकी गिरी भान्सामा झुन्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए ।

धनगढीकै ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत गिरी ठुलबुवाको घरमा धनगढीमा बस्दै आएकी थिइन्। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

clock आइतबार १८, चैत २०८० ०८:११

प्रतिक्रिया