सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी बोकेको गाडी दुर्घटना, ३ जना सिकिस्त

  शनिबार १७, चैत २०८० ०७:३७

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी सवार गाडी अर्को सवारीसँग ठोक्किएर दुर्घटनामा परेको छ।

शुक्रवार राति बर्दियाको भुरीगाउँ क्षेत्रमा पूर्वबाट पश्चिमतर्फ आइरहेको विङ्गर र पश्चिमबाट पूर्वतिर गइरहेको मिनीबस आपसमा ठोक्किएर दुर्घटना भएको हो।

त्यहाँका प्रहरी प्रमुख नमराज शाहीका अनुसार दुर्घटनामा ३ जना विद्यार्थी घाइतेका भएका छन्। घाइते हुनेमा भीमदत्त नगरपालिका-१८ बस्ने अन्दाजी वर्ष २५ का बिनोद भट्ट, अर्का २५ वर्षीय प्युस पाण्डे र ३४ वर्षीय जयन्तराज जोशी रहेका छन्। उनीहरूसहित एमबिए प्रथम सेमेस्टरका १२ जना विद्यार्थी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो।

विद्यार्थीहरु फिल्ड भिजिटका लागि जान लागेका थिए। अहिले घाइते तीनै जनलाई उपचारका लागी कोहलपुर मेडिकल कलेज पठाईएको छ भने उनीहरूमध्ये एक जनालाई भारतको लखनउ लैजाने तयारी छ।

clock शनिबार १७, चैत २०८० ०७:३७

प्रतिक्रिया