कञ्चनपुरमा श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

  शुक्रबार १६, चैत २०८० ०७:००

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आफ्नै श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१८ सालघारीका ३४ वर्षीय बलराम थारु आफ्नै श्रीमती २४ वर्षीया आशिका चौधरीको हत्या गरेको आरोपमा आज (बिहीवार) दिउँसो पक्राउ परेका परेका हुन्।

बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाका बारेमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए।

clock शुक्रबार १६, चैत २०८० ०७:००

प्रतिक्रिया