देशका यी भूभागमा आज चट्याङ्गसहित वर्षाको सम्भावना

  शुक्रबार १६, चैत २०८० ०६:२१

धनगढी । मुलुकभरका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहनेछ । बागमती र गण्डकी प्रदेशका केही ठाँउमा वर्षा भइरहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा आज पनि मेघगर्जन सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती भने मुलुकका अधिकांश पहाडी भू–भागमा आंशिक देखि समान्य बदली हुने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागमा आंशिक बदली भइ केही स्थानमा वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २० दशमलव ५ डिग्री पुग्ने अनुमान गरिएको छ । गएको २४ घण्टामा काठमाडौंमा ० दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।

clock शुक्रबार १६, चैत २०८० ०६:२१

प्रतिक्रिया