सुदूरपश्चिमकी ‘चेली’ अमिसा, जो २० वर्षमै बनिन् पाइलट

  बिहिबार १५, चैत २०८० १४:५५

धनगढी । सुदूरपश्चिमको बाजुराकी २० वर्षीया अमिसा कार्कीले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेकी छन् ।

बुढीनन्दा नगरपालिका–७ पान्डुसैनकी कार्कीले साउथ अफ्रिकाबाट पाइलट अध्ययन गरेर उडान समेत सफलता पूर्वक सम्पन्न गरेकी हुन् ।

गत मङ्सिरमा नेपाल छोडेकी उनी साउथ अफ्रिका पुगेर पढ्न थालेकी थिइन् ।अमिसाका बुवा मीन कार्कीले छोरीको सफलताले आफू निकै हर्षित भएको बताए ।

कार्कीले छोरी पाइलट बन्ने भएपछि खुसीको सीमा नै नभएको उल्लेख गरेका छन् । उनले छोरी अमिसाले १८ महिने ट्रेनिङ सकेको र अब नेपालमा लाइसेन्स लिएर पाइलट बन्न बताएका छन् ।

कार्कीले अमिसालाई बाजुरामा १० कक्षासम्म पढाएर काठमाडौंबाट १२ कक्षा पास गराएका थिए । १२ कक्षाको अध्ययन सकेर उनी साउथ अफ्रिका पुगेकी थिइन् ।
अमिसालाई बाजुराकै पहिलो महिला पाइलट भएको दाबी समेत गरिएको छ ।

clock बिहिबार १५, चैत २०८० १४:५५

प्रतिक्रिया