धनगढीबाट उडेको जहाज आकाशमा हराएपछि......

  बिहिबार १५, चैत २०८० १०:३७

धनगढी । धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको छ ।

बिहान ७ स् १२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण काठमाण्डौंमा अवतरण गर्न सकेन । आकाशमा अढाई घण्टासम्म उडेको श्री एयरको जहाज काठमाण्डौंमा अवतरण गर्न नसकेपछि फर्केर ९ स् ३४ भैरहवामा आपतकालीन अवतरण गरेको हो ।

८० सिट क्षमताको जहाजमा दुई बच्चा सहित ७७ जना यात्रु सवार थिए ।

श्री एयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले काठमाण्डौंको आकाश खुलेपछि धनगढीबाट जहाज उडेको बताए । तर काठमाण्डौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज काठमाण्डौंको आकाशमा होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको शाहीले बताए ।

अढाई घण्टासम्म जहाज सम्पर्क बिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरु आत्तिकएका थिए । 

clock बिहिबार १५, चैत २०८० १०:३७

प्रतिक्रिया