देशैभर विभिन्न नाममा राखेका प्रहरीका ‘घुमुवा’ हटाउन उर्दी

  बिहिबार १५, चैत २०८० १०:११

धनगढी । नेपाल प्रहरीको प्रधान कार्यालयले मातहत कार्यरत सादा पोशाकका (घुमुवा) प्रहरीलाई हटाउन परिपत्र गरेको छ। बुधबार प्रहरी प्रधान कार्यालयका प्रमुख (आइजिपी) वसन्त कुँवरको सचिवालयले मातहत सबै कार्यालयहरुलाई परिपत्र गरेको हो ।

प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता डीआइजी भीम ढकालले पनि हालका सादा पोशाकमा कार्यरत प्रहरीलाई हटाउन परिपत्र गरिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए।

उनका अनुसार सबै प्रदेश प्रहरी कार्यालयसहित जिल्ला प्रहरी कार्यालयसमेतलाई परिपत्र गएको छ। आवश्यक विषेश कामका लागि भने पछि सादा पोशाकमा असल, इमानदार छविका प्रहरी कर्मचारीलाई खटाउने मिल्ने छ।

हाल प्रदेश प्रहरी कार्यालय लगायतका प्रहरी कार्यालयहरुले घुमुवा खटाउदै आएका छन्। उनीहरूले अपराध अनुसन्धान लगायत लागुऔषध नियन्त्रणमा काम गर्दै आएका छन्।

clock बिहिबार १५, चैत २०८० १०:११

प्रतिक्रिया