करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको क्षती
कञ्चनपुर । कञ्चनपुरमा विद्युत सर्ट भई एक घरमा आगलागी भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका(१ चम्फापुरमा मंगलबार बिहान एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ।
विद्युत सर्ट भई ५० वर्षीय करन बहादुर बिष्टको घरमा आगलागी हुँदा करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घरमा रहेको धनमाल जलेर नष्ट भएको हो।
स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो। आगलागीका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया